फुल सरि फुलिदिउँ त भमराले चुमिदिने
काँडा बनि बसिदिउँ त एक्लै जिउन गाह्रो हुने
चरी बनी उडिदिउ त तिर्खा लागे कहाँ जाने
बादल बनी हराउँ त वर्षा बनी झरनु पर्ने
फुल सरि फुलिदिउँ त भमराले चुमिदिने
काँडा बनि बसिदिउँ त एक्लै जिउन गाह्रो हुने
जुन घाम बनि दिउ त ग्रहणको पीडा सहनै पर्ने
तारा बनी चम्किदिउँ त थिचिज पारि रहनुपर्ने
सागरको गहिराईमा अन्धकारले सताउने
अन्तरिक्षमा हराइदिउँ त एक्लो पनले निशासिने
कोमल बनाउँ हृदय त भावनामा खेलिदिने
चट्टानसरी बनाउँ त निष्ठुरी पो भनिदिने
सीत बनि बसिदिउँ त झुल्के घामसँगै बिलाउने
खोला बनि दिउँ त जीवन भर बगिरहनुपर्ने
कस्तो हो यो जिन्दगी अरुको लागि जिउनुपर्ने
हर्ष होस् या पीडा होस् यहाँ आँसु नै होनि झर्ने
फुल सरि फुलिदिउँ त भमराले चुमिदिने
काँडा बनि बसिदिउँ त एक्लै जिउन गाह्रो हुने